+
+
Shares

मेटल कम्पनीको अध्यक्ष पदमा दरखास्त आह्वान

अध्यक्ष पदमा ६५ वर्ष उमेर ननाघेका व्यक्तिले १० चैतदेखि एक साताभित्र दरखास्त दिन सक्ने उद्योग मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १२:५४

११ चैत, काठमाडौं । सरकारले नेपाल मेटल कम्पनीको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरी मेटल कम्पनीको रिक्त अध्यक्ष पदमा दरखास्त आह्वान गरेको हो ।

अध्यक्ष पदमा ६५ वर्ष उमेर ननाघेका व्यक्तिले १० चैतदेखि एक साताभित्र दरखास्त दिन सक्ने उद्योग मन्त्रालयले जनाएको छ ।

मेटल कम्पनीको अध्यक्ष पदमा दरखास्त दिन मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

निवेदकले दरखास्त साथ उद्योग मन्त्रालयको वेबसाइटमा प्रकाशित ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ को अनुसूची– २ बमोजिमको ढाँचामा दरखास्त भरी दुईप्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मन्त्रालयको वेबसाइटमा रहेको नमुना बमोजिमको स्वःघोषणा फाराम, व्यक्तिगत विवरण र अनुभव सम्बन्धमा सम्बन्धित निकायको प्रमाणित कागजातका प्रतिलिपिलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेस गर्नुपर्ने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?