+

क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले खुलायो आवेदन

२०८१ चैत  ११ गते १४:०६ २०८१ चैत ११ गते १४:०६
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले खुलायो आवेदन

११ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको हो ।

यो प्रतिष्ठित अवसरले टोलीको जर्सीको अगाडि आफ्नो ब्रान्ड लोगो राख्न सक्ने सुविधा दिन्छ, जसले नेपाल क्रिकेटको बढ्दो लोकप्रियतासँग ब्रान्डलाई जोड्ने अवसर प्रदान गर्ने क्यानले जनाएको छ ।

प्रायोजन सम्झौताअनुसार न्यूनतम वार्षिक प्रायोजन रकम रू. २ करोड तोकिएको छ। यो सम्झौता ३ वर्षका लागि हुनेछ, जसमा प्रत्येक वर्ष १०% वृद्धि हुनेछ।

आवेदन दिन इच्छुक कम्पनीहरूका लागि नेपाल सरकारको कानुनअनुसार मान्यता प्राप्त ब्रान्डहरू मात्र योग्य हुने र प्रस्ताव पेश गर्दा कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य रूपमा हुनुपर्ने जनाइएको छ।

आवेदनको अन्तिम मिति २०८१ वैशाख २९ गते बिहान ११:०० बजे रहेको छ। प्रस्ताव हार्डकपीमा मुलपानीस्थित कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ ।

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय