
११ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।
गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिबाना र ६ महिना कैद ठहर गरेको थियो ।
त्यसयता फरार रहेका उनलाई हिजो (आइतबार) काठमाडौं महानगरपालिका–१६ स्थित वनस्थलिबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरा (सीआईबी)ले पक्राउ गरेको हो ।
उप्रेतीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो ।
सीआईबी प्रवक्ता सुधिर राज शाहीका अनुसार उनलाई आजै डिल्लिबजार कारागार चलान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4