+
+
Shares

धनगढीमा ट्यांकरको ठक्करबाट घाइते युवतीको मृत्यु

ट्यांकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्यु भएको डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १३:५०

११ चैत, धनगढी । धनगढीमा आइतबार ट्यांकरले ठक्कर दिँदा घाइते भएकी युवतीको मृत्यु भएको छ ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्यांकरले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो ।

ट्यांकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्यु भएको डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।

उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने उनले बताए । डीएसपी बोहराकाअनुसार ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?