+
+
Shares

नेकपा एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १४:०४

११ चैत, बुटवल । नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले जानकारी दिए ।

यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् ।

समावेशी सदस्यहरूसहित ६७ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको जिल्ला इन्चार्ज पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले बताए ।

नवनिर्वाचित अध्यक्ष शाहले पार्टीले अघि सारेको समाजवादी विचार र कार्यदिशामा नेपालका अन्य पार्टीलाई समेत सहमत गराई आगामी निर्वाचनसम्म पार्टीलाई रुपन्देहीमा निर्णायक शक्ति बनाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?