११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले छैटौं एसियन सभात प्रतियोगिताका विजेता खेलाडीहरुलाई परिषदमा सम्मान गरेका छन् ।
गत माघ २७ देखि ३० सम्म भारतको नयादिल्ली स्थित तालकटोरामा स्टेडियममा भएको प्रतियोगितामा नेपाली खेलाडीहरुले ४ स्वर्ण, ४ रजत तथा १४ कास्य पदक प्राप्त गरेका थिए । सदस्य सचिव घिसिङले विजेता खेलाडीहरूलाई बधाई दिनुका साथै भविष्यमा पनी अझै उत्कृष्ट नतीजा हासिल गरी नेपालको नाम राख्न शुभकामा दिए ।
नेपाल सभात संघका अध्यक्ष तथा प्रशिक्षक लक्ष्मण बस्नेतले आइतबार दिन ४०औं विश्व सभात दिवस दिन परेको हुँदा खुसी व्यक्त गर्दै राज्यले यस खेललाई सहयोग गरेमा आगामी दिनमा पनि उत्कृष्ट नतिजा निकालनेमा ढुक्क भएको बताए ।
अध्यक्ष लक्ष्मण बस्नेतले स्वर्ण पदक विजेता खेलाडीहरुलाई हौसला स्वरूप जनही पाँच हजार नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा नेपाल सभात संघका महासचिव सिद्धि ब्यन्जनकारले पनि विजयी खेलाडीहरूलाई बधाई दिएका थिए ।
पदक विजेता खेलाडीहरू
स्वर्ण पदक:
हिमान्सी दुलाल, लाईट कन्ट्याक्ट ४३ केजी
आरती सिंख्वाल,लाईट कन्ट्याक्ट सिनियर ५२ केजी
सुन्दर पाण्डे लाईट कन्ट्याक्ट क्याडेट ४० केजी
बासील त्वयना लाईट कन्ट्याक्ट युथ ८५ केजी
रजत पदक:
आयषा मगर, लाईट कन्ट्याक्ट क्याडेड ३३ केजी
अनिषा भण्डारी, लाईट कन्ट्याक्ट जुनियर ४३ केजी
विनय थापा, लाईट कन्ट्याक्ट जुनियर ६० केजी
प्रभुराम केसी,फुल कन्ट्याक्ट सिनियर ६० केजी
कास्य पदक:
सुष्मा ध्यावा, लाईट कन्ट्याक्ट सिनियर ५६ केजी
बसन्त तामाङ लाईट कन्ट्याक्ट क्याडेट ३२ केजी
सुभम् खत्री लाईट कन्ट्याक्ट क्याडेट ४० केजी
विश्वास भट्टराई लाईट कन्ट्याक्ट क्याडेट ४० केजी
प्रशान्त बुढामगर लाईट कन्ट्याक्ट जुनियर ५६ केजी
जयराम विक लाईट कन्ट्याक्ट युथ ५२ केजी
आश्तिक नकर्मी लाईट कन्ट्याक्ट सिनियर ७० केजी
शान्त कुमार राना मगर लाईट कन्ट्याक्ट सिनियर ७५ केजी
सस्मान बस्नेत लाईट कन्ट्याक्ट सिनियर ७५ केजी
सुरज कार्की फुलकन्ट्याक्ट सिनियर ५६ केजी
मनिल श्रेष्ठ फुलकन्ट्याक्ट सिनियर ६० केजी
शान्तकुमार रानामगर फुलकन्ट्याक्ट सिनियर ६५ केजी
सास्मान बस्नेत फुलकन्ट्याक्ट सिनियर ७५ केजी
आरती सिंकवाल फुलकन्ट्याक्ट सिनियर ५२ केजी
प्रतिक्रिया 4