+
+
Shares

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १५:१०

११ चैत, काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

यी हुन मनोनीत भएका सदस्यहरू

–ई. उज्ज्वल कोइराला, ताप्लेजुङ
–ई. प्रेमचन्द्र राय, महोत्तरी
–विजया श्रेष्ठ के.सी., ललितपुर
–प्रा. मोहनजंग शाह, बाँके
–डा. निरञ्जन कोइराला, कास्की
–कुमार लामिछाने, वर्दिया
–रमा के.सी., सुर्खेत
–प्रेमलाल चौधरी, कैलाली
–शेरबहादुर सार्की, बाजुरा
–दिलिप कार्की, कञ्चनपुर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?