
काठमाडौँ । मिस नेपाल सृच्छा प्रधानसहित अभिनेत्री तथा मोडलहरू प्रियंका कार्की, स्वस्तिमा खड्का, नीति शाह, साम्राज्ञी शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, सबिता कार्की, आस्था पोखरेललगायत एउटै रनवेमा देखिने भएका छन् ।
चैत १५ र १६ गते होटल याक एण्ड यतिमा हुने १४ औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’मा यी सेलिब्रेटीलाई एउटै फेसन शोमा देख्न पाइने भएको हो । मोडलहरू सन्तोष लोक्सम लिम्बु र समपर्णजंग कार्की पनि रनवेमा देखिनेछन् । शोमा सहभागी हुन भारतीय फेसन कोरियोग्राफर यतिन नरेन्द्र गान्धी सोमबार नेपाल आइपुगेका छन् ।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहने शोमा ३१ जना व्यवसायिक मोडलले नयाँ पहिरन प्रस्तुत गर्नेछन् । शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थी डिजाइनले तयार पारेका फरक पहिरन २५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले रनवेको उद्देश्य नेपाली फेसन डिजाइनरले डिजाइन गरेका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो । ‘अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा प्रस्तुत गर्न लागिएको हो’ उनले भनिन् ।
शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ । नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले शो तयारी सुरु भैसकेको जानकारी दिए ।
प्रतिक्रिया 4