+
+
Shares

नेपाल सुपर लिगको मूभी पार्टनरमा जोडियो ‘पिताम्बर’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १७:५४

काठमाडौं । फिल्म ‘पिताम्बर’ नेपाली फुटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)सँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने सुपरलिगमा ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो । एनएसएल चैत १६ गतेबाट दशरथ रंगशालामा सुरु हुँदैछ ।

निर्देशक कृषा चौलागाईंले प्रतिष्ठित फ्रेन्चाइज फुटबल प्रतियोगितामा सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । ‘दर्शकका लागि नेपालमा खेलकुद र फिल्म अभिन्न अंग बनेका छन् । खेलकुदका माध्यमबाट पनि फिल्मको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौं’, उनले भनिन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही लगायतको अभिनय छ । फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने निर्माता र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माताको रुपमा छन् ।

एनएसएलको ओपनिङ सेरेमोनीमा गायक दुर्गेश थापाले प्रस्तुति दिने तय भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?