
११ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू नगर्न आग्रह गरेको छ ।
एमसीसी खारेजको माग गर्दै नेकपाले अमेरिका र नेपालबीचको समझदारी पुनः मूल्यांकन गर्नुपर्नेमा जोड दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले सुरुमा एमसीसी स्थगित गर्ने निर्णय गरे पनि अहिले पुनः एमसीसीका कार्यक्रम सुरु गर्ने समाचारहरु आइरहेको भन्दै नेकपाले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालमा नयाँ राष्ट्रिय सहमति कायम गरी संविधानअनुसार कानुनी संरचना सुनिश्चित गरेर मात्र एमसीसीमा अघि बढ्न नेकपाले अनुरोध गरेको छ । अन्यथा विरोधमा उत्रिने चेतावनी उसले दिएको छ ।
नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार र सम्बद्ध पक्षलाई गम्भीरतापूर्वक सोच्न अनुरोध गर्दछौं । अन्यथा, नयाँ जनआन्दोलनमार्फत एमसीसी र यसको प्रभाव विस्तारको विरोध गरिनेछ ।’
प्रतिक्रिया 4