+
+
Shares

बुद्ध एयरको सिष्टम ह्याक गरेर टिकट बेच्‍ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १८:४५

११ चैत, काठमाडौं । बुद्ध एयरको सिष्टम ह्याक गरेर अवैधानिक रुपमा टिकट बेचेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रंगेली घर भई हाल काठमाडौंको तारकेश्वर-९ बस्‍ने ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट घर भई हाल तारकेश्वर-४ बस्‍ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।

उनीहरूले गैर कानुनी रुपमा हवाइ टिकटहरू बनाइ अवैध लाभ लिएको उजुरी परेपपछि आइतबार बत्तीसपुतलीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रवक्ता काजी कुमार आचार्लय जानकारी दिए ।

उनले भने, ‘ भारतीयको रोहबरमा रहेर यी दुई नेपालीहरूले बुद्ध एयरको सिष्टम ह्याकर गरेर  यात्रुहरूको १५ दिनदेखि अवैध रुपमा टिकट काट्‍दै र पैसा राख्‍ने गरेका रहेछन्।’

एसपी आचार्यका अनुसार उनीहरूले हालसम्म २० जना यात्रुको हवाइ टिकट काटिसकेको तर पैसा नदिएको उजुरी आएपछि घटना बाहिर आएको हो ।

पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?