+
+
Shares

सवा अर्ब लगानीमा उपायले वेयरहाउस बनाउँदै

उपायको नयाँ थ्री पीएल वेयरहाउस बनेपा नगरपालिका–१३, नेपाल प्रहरी स्कुल नजिकै अरनिको राजमार्गसँगै करिब १८ रोपनी क्षेत्रफलमा कम्पनीको आफ्नै जग्गामा हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १९:०५

काठमाडौं । प्रविधि प्रयोगबाट परिचालित लजिस्टिक कम्पनी उपायले आफ्नो ‘थर्ड पार्टी लजिस्टिक्स’ (थ्री पीएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उपायले नेपालको लजिस्टिक क्षेत्रमा प्रविधि र पूर्वाधार कमी महसुस गर्दै आफ्नो पहिलो थ्री पीएल वेयरहाउस निर्माण गर्न लागेको जानकारी दिएको हो ।

उपायको नयाँ थ्री पीएल वेयरहाउस बनेपा नगरपालिका–१३, नेपाल प्रहरी स्कुल नजिकै अरनिको राजमार्गसँगै करिब १८ रोपनी (लगभग १ लाख वर्गफिट) क्षेत्रफलमा कम्पनीको आफ्नै जग्गामा हुनेछ ।

यो वेयरहाउस निर्माण कार्य अप्रिल २०२५ देखि सुरु हुने अपेक्षा गरिएको छ र २०२६ अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

उपायले निर्माण गर्न लागेको यो थ्री पीएल वेयरहाउस परियोजनाको अनुमानित लागत १ अर्ब २० करोड रुपैयाँ बराबर छ । कम्पनीले यही कार्यक्रममा सिटिजन्स् बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागिता सहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापनको सफल फाइनान्सियल क्लोजर सम्पन्न भएको घोषणा पनि गरेको छ ।

यस वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फन्ड–२ तथा अन्य लगानीकर्ताले पूँजी लगानीमा सहभागिता जनाउने जानकारी पनि कार्यक्रम मार्फत दिइएको छ ।

कार्यक्रममा कन्सोर्टियम ऋण अगुवाइ गरेको सिटिजन्स् बैंकल प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने, ‘नेपालमा वेयरहाउस पूर्वाधारको अपार सम्भावना छ । यो परियोजना नेपालको पूर्वाधार क्षेत्रको विकासका लागि महत्त्वपूर्ण आधार बन्ने छ ।’

उपायले निर्माण गर्न लागेको वेयरहाउसले विभिन्न प्रकारका ग्राहक जस्तै फास्ट मुभिङ कन्जुमर गुड्स, फास्ट मुभिङ कन्जुमर ड्युरेबल्स, ई–कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा र जुत्ता तथा सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स, एवं अटो पार्ट्सको इन्भेन्टरी व्यवस्थापनको कार्य गर्ने छ ।

प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५ हजार वर्गफिट हुनेछ र कुल भण्डारण क्षमता १ लाख वर्गफिटभन्दा बढी रहने छ । उपायको थ्री पीएल वेयरहाउस अत्याधुनिक पूर्वाधारयुक्त हुनेछ, जसमा ए ग्रेड प्रि–इन्जिनियर्ड बिल्डिङ स्टिल संरचना प्रयोग गरिने छ, जसले भूकम्पबाट हुने क्षति न्यूनीकरण समेत गर्ने छ ।

साथै, यसमा हाई डेन्सिटी स्याकिङ र मल्टिटायर सिल्भिक सहित ग्राहकको आवश्यकता अनुसार डिजाइन गर्न मिल्ने ‘बिल्ट टु सुट’ सुविधा उपलब्ध गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?