
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ‘ग्लोबल मनी विक–२०२५’ का अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
ग्लोबल मनी विक सफल बनाउने उद्देश्यले बैंकले ४ देखि १० चैतसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
जसअन्तर्गत कोशी प्रदेशमा १२, मधेसमा १२, बागमती १६, गण्डकी १३, लुम्बिनी १४, कर्णाली ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका ८३ शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए ।
ग्लोबल मनी विककै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेँसीमा वित्तीय साक्षरता सम्बन्धी र्याली समेत गरेको थियो ।
वित्तीय साक्षरता कार्यक्रममा बैंकले बैंकिङ प्रणाली, बचत तथा कर्जा योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपाय लगायत विषयमा विद्यार्थीलाई ज्ञान प्रदान गरेको थियो ।
बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक ‘डिजिटल बैंकिङको जादु’ र साइबर सुरक्षा अन्तर्गत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीलाई वितरण गरेको थियो ।
साथै, बैंकले आफ्नो सामाजिक सञ्जालबाट चेतनामूलक सामग्री समेत प्रसारण गरेको थियो ।
प्रतिक्रिया 4