
काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयूभी स्काइवेलले पूर्वी नेपालको इटहरीमा सोमबार आफ्नो शोरुम औपचारिक उद्घाटन गरेको छ ।
नेपालमा पाइने विद्युतीय सवारीसाधन (ईभी) मध्ये सबैभन्दा बढी ६ सय २० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काइवेल ईटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्र्याएको थियो ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उक्त औपचारिक समारोहको रिबन काटेर बिक्री कक्ष उद्घाटन गरेका थिए । उद्घाटनमा स्काइवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल उपस्थित थिए ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मध्यपूर्व, रुससहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ । स्काइवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काई वर्थको ब्रान्ड हो ।
राम्रो फाइनान्सियल ब्याक अप, रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काइवेलले विश्व बजारमा बलियो प्रभूत्व कायम गर्न सकेको हो ।
भक्तपुर राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काइवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयूभी बिक्री सुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक वर्षभित्र राम्रो ब्रान्ड भ्यालु कायम गर्न सकेको स्काइवेलले १ सयभन्दा बढी एसयूभी नेपालमा बिक्री गरिसकेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक गेलालले भने, ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी बिक्री गर्छौं, उहाँहरू घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने महान सोचसाथ उही लक्जरी प्राप्त हुने विकल्पका रूपमा स्काइवेलका एसयूभी चढ्न थाल्नुहुन्छ । त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहीँ कतै पनि चुक्ने छैनौं । हामी घरमै गएर सेवा दिनुपरे पनि तत्पर रहन्छौं । हामीसँग यथेष्ठ स्पेयर्स पार्ट्स छन् ।’
कार्यक्रममा जि मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलालले स्काइवेल साधारण ईभीमात्र नभई प्रिमियम एसयूभी ब्रान्डका रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारीसाधन हो । ‘यो सवारी चढेर हिँड्ने हाम्रा ग्राहकले जति गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्रान्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो । त्यसमा हामी कहीँ चुक्ने छैनौं,’ उनले भने ।
१ करोड १५ लाख रुपैयाँसम्म मूल्य पर्ने स्काइवेलका एसयूभीको सुरुवाती भेरिएन्टको ४ सय १० किलोमिटर रेन्ज भएको एसयूभी नै ७९ लाख ९० हजार रुपैयाँ पर्छ । यसै वर्ष स्काइवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि लिएर आउँदै छ ।
प्रतिक्रिया 4