+
+
Shares

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते २०:४६

११ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी नियकामा नेतृत्व तहमा रहेर काम गरेको अनुभव उनीसँग छ ।

उनी पछिल्लोपटक पर्यटन मन्त्रालय अन्र्तगतको तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म (चार वर्ष) नेतृत्व गरेका थिए ।

उनी लामो समयसम्म पर्यटन व्यवसाय र अध्यापनमा समेत संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?