+
+
Shares

बिमस्टेकमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते २१:३९

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । थाइल्याण्डको बैंककमा हुने बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओली आगामी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

थाइल्याण्डले चैत २० देखि २२ गतेसम्म बिमस्टेक सम्मेलन आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?