+

आईपीएल क्रिकेटमा आज गुजरात र पञ्जाब खेल्दै

२०८१ चैत  १२ गते ८:५० २०८१ चैत १२ गते ८:५०
आईपीएल क्रिकेटमा आज गुजरात र पञ्जाब खेल्दै

१२ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । प्रतियोगिताको पाँचौं खेलमा आज गुजरात टाइटन्स र पञ्जाब किङ्स खेल्ने छन् ।

खेल बेलुकी पौने ८ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ । गुजरातको कप्तानमा शुभमन गिल छन् भने पञ्जाबको कप्तानमा श्रेयस अय्यर छन् ।

गुजरातले आईपीएल खेल्न सुरु गरेको पहिलो सिजनमै अर्थात् २०२२ मा उपाधि जितेको थियो भने त्यसलगत्तैको सिजनमा फाइनल पुगेको थियो । गत सिजन भने प्लेअफमा पुग्न नसकेको गुजरात घरेलु मैदानमा जितका साथ सिजनको सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

श्रेयसले गत सिजन कोलकाता नाइट राइडर्सलाई आफ्नो कप्तानीमा आईपीएलको उपाधि दिलाएका थिए । अस्ट्रेलियन प्रशिक्षक रिकी पोन्टिङको उपस्थितिमा राम्रो टिम तयार पारेको पञ्जाब यस सिजन आफ्नो भाग्य बद्ल्ने प्रतिक्षामा हुनेछ ।

पञ्जाब सन् २००८ देखि नै खेल्न सुरु गरेको टिम हो र हालसम्म एकपटक मात्र फाइनलमा पुगेको छ भने प्लेअफ २ पटक मात्र खेलेको छ ।

आजको खेलपछि पहिलो चरणमा सबै टोलीको १-१ खेल पूरा हुनेछ । हालसम्म बेंगलुरु, चेन्नई, हैदराबाद र दिल्लीले जित निकाल्दा कोलकाता, मुम्बई, राजस्थान र लखनउ पराजित भएका छन् ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय