+
+
Shares

क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसम्बन्ध विस्तार अभियान, कुन दिन कुन जिल्लामा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ९:४३
अभियानका क्रममा डडेल्धुरा पुगेको टोली ।

१२ चैत, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पनि देश व्यापी अभियान सुरु गरेको छ ।

जनतासँग नजिक हुन र सम्बन्ध सुधार गर्न ‘जनसम्बन्ध विस्तार अभियान’ सुरु गरेको पार्टीले जनाएको छ ।

कार्यबाहक महासचिव सिपी गजुरेल गौरवका अनुसार पार्टीलाई जनतासँग जोडी स्थापित गर्न, पार्टी संगठन सुदृढ गर्न, एकता महाधिवशनबाट पारित विराचधारत्मक राजनीतिक कार्यदिशालाई जनताबीच पुर्‍याउनका लागि अभियान थालिएको हो ।

यस्तै, पार्टी एकताको महत्वबारे बुझाउन, आन्दोलनका मुद्दाहरू संकलन गर्न, पार्टीको स्थिति बुझ्न र शहीद, बेपता तथा घाइतेहरुको अवस्था बुझ्न अभियान सुरु गरिएको उनले बताएका छन् ।

अभियान यही चैत ४ गतेदेखि सुरु भइसकेको छ । २०८२ वैशाख १८ गतेसम्म सञ्चालन हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ ।

चार टोली बनाएर अभियान सुरु गरिएको छ । टोली नम्बर १ पाँचथरबाट, टोली नम्बर २ झापा, टोलीनम्बर ३ कंचनपुर र टोली नम्बर ४ ले बैतडीबाट अभियान सुरु गरेको हो ।

यस्तो छ अभियानको कार्यतालिका

टोली नम्बर १

पाँचथर : वैशाख ४-५ गते

तेह्रथुम : ६-९ गते

धनकुटा : १०-१३ गते

भोजपुर : १४ – १७ गते

 खोटाङ : १८-२० गते

सिराहा : २१ गते

धनुषा : २२-२३ गते

महोत्तरी : २४-२६ गते

सर्लाही : २७-३० गते

रौतहट : चैत ३१-वैशाख ३ गते

 बारा : वैशाख ४-७ गते

पर्सा : वैशाख ८-९ गते
मकवानपुर  : वैशाख १०-१२ गते

ललितपुर : वैशाख १३-१६ गते

काठमाडौं : वैशाख १७ गते

टोली नम्बर- २

झापा : चैत ४-६ गते

मोरङ : ७-१० गते

सुनसरी  : ११-१४ गते

उदयपुर : १५-१८ गते

सुनसरी : १९-२० गते

सिराहा : २१-२४ गते

ओखलढुंगा : २५-२९ गते

सिन्धुली : चैत ३०-वैशाख २ गते

रामेछाप : वैशाख ३-५ गते

दोलखा : वैशाख ६-९ गते

सिन्धुपाल्चोक : १०-१२ गते

काभ्रे : वैशाख १३-१६ गते

भक्तपुर : वैशाख १७ गते

टोली नम्बर -३

कञ्चनपुर : ४-७ गते

कैलाली : ८-१२ गते

बर्दिया : १३-१६ गते

बाँके : १७-२० गते

सुर्खेत : २१ गते

जावरकोट : २२-२४ गते

रुकुम :  २५-२८ गते

बागलुङ : २९-वैशाख २ गते

पर्वत : वैशाख ३-४ गते

कास्की : वैशाख ५-८ गते

तनहुँ : वैशाख ९-११ वैशाख गते

लम्जुङ : वैशाख १२ गते

गोरखा : वैशाख १३ गते

नुवाकोट : वैशाख १४-१६ गते

टोली नम्बर ४

बैतडी : चैत ४-५ गते

डडेल्धुरा : ६-९ गते

डोटी : १०-११ गते

अछाम : १२-१४ गते

दैलेख : १५-१८ गते

सुर्खेत : १९-२१ गते

दाङ : २२-२५ गते

प्यूठान : २६-२८ गते

अर्घाखाँची : २९-३० गते

कपिलवस्तु : चैत ३१-वैशाख १ गते

रुपन्देही : वैशाख २-५ गते

नवलपरासी : वैशाख ६-७ गते

नवलपुर : वैशाख ८-१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?