
१२ चैत, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । फागुन २७ देखि चैत ३ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आईपीओ आवेदन खुलाएको थियो ।
आवेदन दिनेमध्ये १८ लाख ४८ हजार २९८ योग्य ठहरिएका थिए । तीमध्ये १ लाख ४७ हजार ६ सय आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १७ लाख ६९८ को हात रित्तो भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
१४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको थियो ।
विभिन्न एलोपेथिक औषधि उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ ।
त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।
प्रतिक्रिया 4