
१२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पाटन क्याम्पसमा स्ववियु निर्वाचन गराउन माग गर्दै रिल अनसन सुरु गरेको छ । अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एवं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री रिले अनसनमा बसेका हुन् ।
निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन हुनुपर्ने, शान्ति सुरक्षा कायम राख्नुपर्ने र तत्काल स्ववियु निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने उनको माग छ ।
पाटन क्याम्पसमा चैत ५ गते मतदान भइरहेका बेला नक्कली मतदाता देखिएको भन्दै विवाद सुरु भएपछि मतदान नै स्थगित गरिएको थियो ।
विद्यार्थीहरुका अनुसार भोटर लिस्टको नाम र भोटर कार्ड पनि फरक–फरक भेटिएको थियो । भोटर कार्डमा वास्तविक विद्यार्थीको फोटो नभएर अरू मान्छेको फोटो रहेको पनि भेटिएको थियो ।
फर्जी मतदाताहरु खारेज हुनुपर्ने माग अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले राखेका थिए । चुनावको दिन चैत ५ गते यही विषयमा विवाद चर्किंदा अनेरास्ववियु र नेविसंघबीच कुटाकुटसमेत भएको थियो ।
तर अहिलेसम्म मतदानको नयाँ मिति नतोकिएपछि अखिल क्रान्तिकारीले शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचन गराउन माग गर्दै आएको छ ।
प्रतिक्रिया 4