+
+
Shares

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १०:३४

१२ चैत, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए ।

प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए । जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले खोसेको थियो ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ,’ पराजुलीले भने, ‘त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ ।’

उनले सरकारविरुद्ध देशभर आन्दोलनमा होमिन अपिलसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?