+
+
Shares

विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो

आर्यन धिमाल आर्यन धिमाल
२०८१ चैत १२ गते ११:५०

१२ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यालय वरपरमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् ।

सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेपछि जनआक्रोश बढेकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको अनुमान छ ।

आज बिहान मात्रै प्राधिकरणको कार्यालय नजिक पर्ने प्रदर्शनीमार्गमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।

त्यसैले अघिल्ला दिनको तुलनामा आज अलि बढी सुरक्षाकर्मीहरु परिचालित भएको देखिएको छ ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

   

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?