+
+
Shares

४ दिनदेखि लगातार घट्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ११:३७

१२ चैत, काठमाडौं । विगत ४ दिनदेखि सुनको भाउ लगातार घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबारदेखि लगातार मूल्य घटेको हो । बिहीबार प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएको सुन शुक्रबार १ हजार घटेको थियो ।

त्यस्तै आइतबार ९ सय, सोमबार ६ सय घटेको सुन आज मंगलबार २ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ । उच्च मूल्यबाट सुन २७ सय रुपैयाँ घटिसकेको छ ।

चाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?