+
+
Shares

अनुदानमा बदमासी रोकिएको कृषिमन्त्रीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १२:५१

१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको दाबी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले मंगलबार ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् ।

मन्त्रालयले  हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएको बताए ।

‘अब सबै अनुदान पारदर्शी हुने र कसले के-का लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ दुरुपयोगको चान्स नै हुँदैन,’ उनले भने ।

विगत पाँच वर्षमा १ खर्ब ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए ।

‘पहिले सिधै अनुदान जान्थ्यो अब त्यस्तो हुँदैन । अब कसले अनुदान कति, कहाँ लग्यो भन्ने तथ्यांक पनि तत्काल हेर्न मिल्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?