+

पटुकीको विकल्पमा सुत्केरी ‘बेल्ट’ : यसले पेटको बोसो घटाउँछ ?

२०८१ चैत  १२ गते १३:२१ २०८१ चैत १२ गते १३:२१
पटुकीको विकल्पमा सुत्केरी ‘बेल्ट’ : यसले पेटको बोसो घटाउँछ ?

भर्खरै नयाँ आमा बनेका महिलाहरू शरीरमा हुने परिवर्तन, विशेष गरी पेटको बोसोको बारेमा चिन्तित हुन्छन् । त्यसैले यस्तो समस्याबाट बच्नका लागि विभिन्न उपायहरू अपनाउँछन् ।

जति उपाय अपनाउँदा पनि पेटको बोसो सुत्केरीपछि पनि झाेलिन सक्छ वा बढ्न सक्छ, जसका लागि आजकल महिलाहरूले विभिन्न प्रविधिहरू अपनाइरहेका छन्, जसमध्ये एउटा बेल्टको प्रयोग पनि हो ।

सामान्य प्रसव वा सिजेरियन दुवै अवस्थामा बेल्टको प्रयोग गर्न सकिन्छ, यसमा कुनै समस्या छैन । तर, बेल्टको प्रयोग गर्ने सही विधि र सही समय थाहा हुनुपर्छ ताकि भविष्यमा कुनै पनि प्रकारको समस्या नहोस् ।

बेल्ट लगाउनाले साँच्चै पेटको बोसो घट्छ त ? कतिपय महिलाको मनमा यो प्रश्न पनि हुनसक्छ । साथै यसको प्रयोग डेलिभरी भएको कति समय पछि गर्ने र कहिले सम्म गर्ने भन्ने जिज्ञासा पनि हुनसक्छ ।

प्रसवपछि पेट घटाउन बेल्ट लगाउनु उपयोगी हुन्छ

प्रसवपछि पेटको बोसो घटाउन बेल्टको प्रयोग गर्न सकिन्छ । तर, बेल्टको मात्र प्रयोगले पेटको बोसो घट्ने भने होइन । बेल्ट लगाउनाले पेट र कम्मरलाई समर्थन मिल्छ, जसका कारण तन्किएका मासंपेशीहरु पहिलेको अवस्थामा फर्कँदै जान्छ र  पेट अलिकति भित्र देखिन्छ ।

यसले पेटका मांसपेशीलाई पहिलेको अवस्थामा फर्कन समर्थन गर्छ जसले गर्दा पेट झाेलिँदैन । त्यसैले डेलिभरीपछि बेल्ट लगाउने पेट कम गर्न र यसलाई झाेलिनबाट जाेगाउन प्रभावकारी हुनसक्छ । तर यसको प्रयोग गर्दा केही कुरालाई ध्यानमा राख्नु आवश्यक हुन्छ, ता कि यसले कुनै हानि नहोस् ।

डेलिभरीको कति समयपछि बेल्ट लगाउन सकिन्छ ?

सामान्य प्रसवपछि ५ देखि ७ दिनमा बेल्ट लगाउन सकिन्छ । शल्यक्रिया गरी सुत्केरी भएको छ भने चिकित्सकको सल्लाह लिएर मात्रै बेल्ट प्रयोग गर्नुपर्छ  ।

सामान्यतया ४ देखि ६ हप्तापछि प्रयोग गर्न सकिन्छ । बेल्ट धेरै कसेर लगाउनु हुँदैन । अन्यथा, रक्तसञ्चार प्रभावित हुनसक्छ र आराम गर्न गाह्रो हुनसक्छ ।

यसलाई दिनमा ५ देखि ६ घण्टाभन्दा बढी लगाउनु हुँदैन र सुत्ने बेलामा यसलाई खोलेर सुत्नुपर्छ ।

तौल घटाउन बेल्टको साथमा यी कुरामा ध्यान दिनुपर्छ

स्तनपान

आफ्नो बच्चालाई स्तनपान गराएर प्रतिदिन लगभग ५०० क्यालोरी जलाउन सकिन्छ ।  यो गर्भावस्थापछि पेटको बोसो घटाउने प्राकृतिक तरिकाहरू मध्ये एक हो । स्तनपान गराउनाले अक्सिटोसिन हर्मोन पनि रिलिज हुन्छ, यसले पाठेघरलाई सङ्कुचन गर्न मद्दत गर्दछ र पेटका मांसपेशी पनि सङ्कुचन हुन्छ र बिस्तारै पेट घट्छ ।

स्वस्थ आहार

प्रसवपछि पेटको बोसो घटाउनका लागि स्वस्थ आहार पनि  एक प्रभावकारी तरिका हो । डेलिभरीपछि स्वस्थ र सन्तुलित खाना खानुपर्छ ।

विशेष गरी फलफूल र तरकारीलाई आहारमा समावेश गर्नुपर्छ । प्रशोधित र परिस्कृत खानाबाट टाढा रहनुपर्छ ।

व्यायाम (फिजियाेथेरापी)

पेटको बोसो घटाउनका लागि व्यायाम महत्त्वपूर्ण हुन्छ । विशेष गरी बच्चाको जन्म भन्दा पहिले व्यायाम गर्दा चिकित्सकको परामर्श लिनुपर्छ ।

डेलिभरीपछि व्यायाम गर्न पनि चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ व्यायाम गर्दा चक्कर लाग्छ वा कुनै प्रकारको दुखाइ तथा असुविधा महसुस हुन्छ भने, यसको बारेमा चिकित्सकसँग कुरा गर्नुपर्छ ।

घरेलु उपचार

डेलिभरी पछि पेट घटाउनका लागि विभिन्न घरेलु उपाय अपनाउने चलन पनि छ । पहिले आमा बनिसकेकाहरूले पेट घटाउने विभिन्न उपाय दिन सक्छन् । घरेलु उपायमा हर्बल चिया, ओरेगानो र जिराको पानी लगायतको सेवनले शरीरलाई हाइड्रेटेड राख्नुको साथै गर्भावस्था पछिको पेटको बोसो घटाउन पनि मद्दत गर्दछ ।

ध्यान दिनुपर्ने कुरा

डेलिभरी पछिको पेट घटाउन बेल्टको साथसाथै हल्का व्यायाम, उचित आहार र पर्याप्त पानी पिउनु पनि महत्त्वपूर्ण हुन्छ ।

बेल्टको मुख्य काम पेटलाई सपोर्ट गर्ने र मांसपेशीलाई कसिलो बनाउनका लागि हो । यदि  बेल्ट लगाउँदा असहज महसुस हुन्छ वा दुखाइ महसुस हुन्छ भने, तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

सही समयमा र सही तरिकाले बेल्टको प्रयोगले पेटलाई घटाउन मद्दत गर्न सक्छ, तर धैर्य र सन्तुलित जीवनशैली आवश्यक हुन्छ ।

डेलिभरी बेल्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय