+
+
Shares

ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक सीईओबाट दिए राजीनामा

गभर्नरको उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १४:०९

१२ चैत, काठमाडौं । नबिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् ।

गभर्नरको उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए । उनी सीए हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । सोही समितिले गभर्नरका लागि मन्त्रिपरिषद बैठकमा नामहरू सिफारिस गर्नेछ । सिफारिसमा परेमा नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?