+
+
Shares

जनकपुरका पत्रकार वृजकुमार यादवसहित ३ जनामाथि भ्रष्टाचार मुद्दा

फर्जी विज्ञापन छापेर रकम भुक्तानी लिएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १५:४७

१२ चैत, काठमाडौं । बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा जनकपुरका पत्रकार वृजकुमार यादव लगायत तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि बोलपत्रको सूचना लुकाएर भ्रष्टाचारमा सघाएको आरोप लगाएको हो ।

धनुषाको बटेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरी विरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।

पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तयार पारेको आरोप छ ।

अख्तियारका अनुसार, धनुषाको बटेश्वर गाँउपालिकाका वडाहरुमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वान गर्नुपर्ने थियो ।

राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्रको सूचना प्रकाशित गर्नुपर्नेमा जनकपुर टुडेका प्रधानसम्पादक एवं अध्यक्ष यादवले बोलपत्र स्वीकृतीको सूचना लुकाई सूचना प्रकाशित नै गरेनन् ।

उनले गाँउपालिकाको अभिलेखमा राख्ने गरी एकप्रतिमात्रै पत्रिका प्रकाशित गरेको अख्तियारको आरोप छ ।

पाँच वर्षअघिको घटनामा प्रधान सम्पादक यादवले विज्ञापन प्रकाशित गरेको भनी ६ लाख ४४ हजार रुपैंयाको बील तयार गरेका थिए । त्यही रकम भुक्तानी गरेको आरोपमा अख्तियारले यादव सहित गाँउपालिकाका दुई कर्मचारीहरुमाथि मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?