+
+
Shares

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

यो वर्ष अन्त्यसम्म चांगानले कम्तीमा १० युरोपेली क्षेत्रीय बजारमा विस्तार गर्ने लक्ष्यसमेत लिएको छ । साथै, कम्पनीले आउँदो तीन वर्षमा युरोपमा ‘दिपल०७’ समेत गरेर ९ वटा मोडेल सार्वजनिक गर्ने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १५:५०

काठमाडौं । चांगान अटोमोबाइलले ‘सेयरिङ द फयुचर’ थिममा युरोपको जर्मनीमा ‘२०२५ चांगान युरोप ब्रान्ड इभेन्ट’ को आयोजना गरेको छ । युरोपेली बजार विस्तारको नीतिगत संकेत गर्दै यो कार्यक्रममा चांगान, दिपल र अवतार ब्रान्डका ९ नयाँ मोडेल प्रर्दशन गरिएको थियो ।

यो वर्ष अन्त्यसम्म चांगानले कम्तीमा १० युरोपेली क्षेत्रीय बजारमा विस्तार गर्ने लक्ष्यसमेत लिएको छ । साथै, कम्पनीले आउँदो तीन वर्षमा युरोपमा ‘दिपल०७’ समेत गरेर ९ वटा मोडेल सार्वजनिक गर्ने जनाएको छ ।

चांगानले स्थानीय आर एन्ड डीमा समेत लगानी गर्ने योजना बनाएको छ । ‘इन युरोप, फर युरोप’ नीतिमा रहेर चांगानले १ हजार सेल्स र सर्भिस आउटलेट सुरु गर्ने र १ हजार स्थानीय कर्मचारीलाई जागिर दिने पनि जनाएको छ ।

इन्टिलिजेन्स र इलेक्ट्रिफिकेसनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेको चांगानले युरोपेली बजारमा भइरहेको हाइ पर्फर्मेन्स ईभी मागलाई पूर्ति गर्ने अपेक्षा समेत गरेको छ ।

टेक्नोलोजिकल इनोभेसमा चांगान विश्वभरि चर्चित छ । चांगानका ६ मुलुक र १० स्थानमा ग्लोबल आर एन्ड डी सिस्टम छन् जहाँ ३१ मुलुकका १८ हजारभन्दा बढी शोधकर्ता काम गर्छन् । साथै, चांगानको १७ टेक्नोलोजी कम्पनी र १ सय ८० ल्याब छन्, जसले उसलाई युरोपेली ईभी बजारको महत्त्वपूर्ण खेलाडी बनाउने छ ।

जर्मनीमा सार्वजनिक भएको चांगान केही समयमा नर्वे, डेनमार्क, नेदरल्यान्ड र बेलायतमा केन्द्रित हुनेछ । सन् २०२८ सम्ममा चांगान सबै युरोपेली बजारमा विस्तार भइसकेको हुनेछ । कम्पनीको युरोपेली मुख्यालय नेदरल्यान्ड हुनेछ जसले व्यापारिक अपरेसन केन्द्रको काम गर्नेछ । साथै, बिक्री मुख्यालय जर्मनीको म्युनिख सहरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?