+

विशाल पटेलको घातक बलिङमा मधेशले सुदूरलाई हरायो

२०८१ चैत  १२ गते १६:०४ २०८१ चैत १२ गते १६:०४
विशाल पटेलको घातक बलिङमा मधेशले सुदूरलाई हरायो

१२ चैत, काठमाडौं । विशाल पटेलले घातक बलिङ गर्दै ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि जित हासिल गरेको छ ।

सोमबार एक्स्ट्राटेक ओभल मैदानमा भएको लो स्कोरिङ थ्रिलरमा मधेशले सुदूरलाई ४४ रनले हराएको हो । मधेशले दिएको १०३ रनको लक्ष्य पछ्याएको सुदूर २९ ओभरमा ५८ रनमा अलआउट भयो ।

हेमन्त धामीले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुनै सकेनन् । विशाल पटेलले आफ्नो सुरुवाती ३ ओभरमै ६ विकेट लिएपछि सुदूरले १२ रनमै ७ विकेट गुमाएको थियो ।

त्यसपछि केहीबेर सम्हालिन खोजेपनि खेल भने जित्न सकेन । विशालले ६ ओभरमा १८ रन दिएर ६ विकेट लिए । प्रदिप पासवानले ३ तथा रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि शेर मल्ल र हेमन्त धामीले किफायती बलिङ गरेपछि मधेश प्रदेश पनि सामान्य योगफलमा अलआउट भएको थियो । एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले ४२.३ ओभरमा अलआउट हुँदै १०२ रन मात्र बनायो ।

प्रदिप पासवानले सर्वाधिक २३ तथा पवन सर्राफले १९ रन बनाए । दिपेश दास र रुपेश सिंहले समान १२ रन बनाए । सुदूरका शेर मल्लले १० ओभरमा ५ रन मात्र दिएर ४ विकेट लिए । यो पीएम कपमै सबैभन्दा किफायती बलिङ हो । त्यस्तै हेमन्तले ५.३ ओभरमा ११ रन दिएर ४ विकेट लिए । नारायण जोशी र विकास आग्रीले १-१ विकेट लिए ।

दुवै टोली शीर्ष ४ को होडबाट पनि बाहिरिसकेका छन् ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय