+
+
Shares

ओलीले देउवालाई ‘विपक्षी दलको नेता’ भनेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १६:०७

१२ चैत, काठमाडौं । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिए ।

कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरू एउटै मञ्चमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुअघि सभापति देउवाले बोलेका थिए ।

देउवापछि सम्बोधनका लागि पोडियम अघि पुगेका प्रधानमन्त्री ओलीले सत्ता सहयात्री, शेरबहादुर देउवालाई ‘विपक्षी दलका नेता’ भनिदिए ।

प्रधानमन्त्री ओली तुरुन्तै आफ्नो गल्ती सच्याइहाले ।

‘विपक्षी दलका नेता, (हाँस्दै) संसद्मा,’ प्रधानमन्त्री ओलीले भने ।

लगत्तै ओलीले अघि भने, ‘अहिले विपक्षी दलका होइन, हामी त सरकारमा पो छौं त है ?’

हलमा हाँसो गुन्जियो । त्यसपछि प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापतिजी शेरबहादुर देउवाजी…।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?