+

पहिलो अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दिल्लीलाई हरायो

२०८१ चैत  १२ गते १६:१९ २०८१ चैत १२ गते १६:१९
पहिलो अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दिल्लीलाई हरायो

१२ चैत, काठमाडौं । नेपाली यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको प्रान्तीय टोली दिल्ली यु-१९ सँगको पहिलो अभ्यास खेलमा जित निकालेको छ ।

नेपालमा आउँदो अप्रिलमा हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप आयोजित शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको हो ।

वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर भेटायो । अमर मिश्राले २७ तथा रोशन बिकले अविजित २५ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २३.२ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाएको थियो । साथक पलले सर्वाधिक २९ रन बनाएका थिए ।

नेापलका सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३-३ तथा बिपिनप्रसाद शर्मा र अशोक धामीले २-२ विकेट लिए ।

अब दोस्रो खेल १४ र तेस्रो खेल १६ गते हुनेछ ।

नेपाली यू-१९ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय