+
+
Shares
फिल्म :

‘अञ्जिला’ शनिबारदेखि १६ अन्तर्राष्ट्रिय बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १६:३७

काठमाडौं । फिल्म ‘अञ्जिला’ चैत १६ गते शनिबार (२९ मार्च)देखि १६ अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ ।

निर्देशक मिलन चाम्सले अमेरिका, क्रोसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, दक्षिण कोरिया, फिनल्याण्ड, क्यानडा, युएई, जापान, सिंगापुर, बेल्जियम, स्विडेन र चीनको हङकङमा फिल्म रिलिज हुने बताए ।

अहिले नेपालमा प्रदर्शन भैरहेको फिल्मले १२ दिन सोमबारसम्म देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । अन्तर्राष्ट्रिय राइट बिक्रीबापत फिल्मले साढे २ करोड आम्दानी गरेको छ ।

फिल्मको अस्ट्रेलिया र बेलायतको प्रदर्शन मिति तय हुन बाँकी रहेको जनाइएको छ । यो फिल्म नेपालमा भने फागु पर्वको अवसरमा २९ फागुनमा नेपालमा रिलिज भएको थियो ।

फिल्मले महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनसंघर्षको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?