
१२ चैत, काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको हत्या भएको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।
पक्राउ परेका दुई जनाको कुटपिटबाट खड्काको हत्या भएको प्रहरीको भनाइ छ । मध्यपुर थिमी नगरपालिका–२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका थिए ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4