+
+
Shares

जापानी पर्यटकलाई नेपालका हिमाली र धार्मिक क्षेत्र घुम्न पर्यटनमन्त्रीको आग्रह

मन्त्री पाण्डेले जापानको फुजी वाटर विश्वप्रख्यात रहेकोमा खुसी व्यक्त गर्दै कृषि, पर्यटन, सामाजिक, सांस्कृतिक र शिक्षाजस्ता कुरामा ज्ञान र सिप आदान–प्रदान गरी अघि बढ्न सुझाव दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १७:१९

१२ चैत, काठमाडौं । जापानको सिजुओका प्रान्तका फुजिनोमियाका नगर प्रमुख हिदेताडा सुडो नेतृत्वको टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेबीच भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा नगरप्रमुख सुडो नेतृत्वको टोलीले जापान र नेपालको संस्कृति, पर्यटन लगायत विषयमा छलफल गरेको हो । फिजिनोमिया नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको प्रति मन्त्री पाण्डेले खुसी व्यक्त गरे ।

मन्त्री पाण्डेले जापानको फुजी वाटर विश्वप्रख्यात रहेकोमा खुसी व्यक्त गर्दै कृषि, पर्यटन, सामाजिक, सांस्कृतिक र शिक्षाजस्ता कुरामा ज्ञान र सिप आदान–प्रदान गरी अघि बढ्न सुझाव दिए ।

उनले नेपाल–जापान सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने बताउँदै त्यसका लागि मन्त्रालय साथमा रहने विश्वास दिलाए । उनले नेपालका हिमाल धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउन जापानी टोलीलाई अनुरोध समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?