+
+
Shares

सिरहाका एसपी रमेश पण्डित हेडक्वार्टर तानिए

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते २०:२८

१२ चैत, काठमाडौं । सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी हेडक्वार्टर, काठमाडौं झिकाइएको छ । उनलाई हेडक्वार्टर झिकाएर सिरहामा भने पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ ।

एसपी पण्डितलाई किन हेडक्वार्टर तानिएको भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन् ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले झिकाइएको हो ।

यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो । महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?