१२ चैत, जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सको अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा मंगलबार महिलातर्फ दुई क्वाटरफाइनल तथा पुरुषतर्फ चार खेल सम्पन्न भएको हो ।
महिलातर्फ महालक्ष्मी नगरपालिकाले दुप्चेस्वर गाउँपालिकालाई २–१ को स्कोरमा हरायो । पहिलो सेट १८–२५ ले गुमाएको महालक्ष्मीले त्यसपछि दुई सेट २५–२२ र १५–९ ले जित्दै सेमिफाइनलमा प्रवेश गर्यो।
यस्तै अर्काे खेलमा आयोजक ललितपुर महानगरपालिकाले बिगु गाउँपालिकालाई २५–१४, २२–२५ र १५–१२ को स्कोरले हरायो ।
महिलातर्फ सेमिफाइनलमा अब महालक्ष्मीले बिगु गाउँपालिका तथा ललितपुर महानगरले निलकण्ठ नगरपालिकाको सामना गर्नेछ। पहिलो सेमिफाइनल बिहान ८ बजे र दोस्रो सेमिफाइनल १० बजेबाट सुरु हुनेछ ।
यस्तै पुरुषतर्फ सेमिफाइनलमा मेलुङ गाउँपालिकाले महाङकाल गाउँपालिकासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा आयोजक ललितपुर महानगरले मन्थली नगरपालीका ए रामेछापको सामना गर्नेछ। पहिलो सेमिफाइनल दिउँसो १ बजे र दोस्रो सेमिफाइनल २:३० बजे हुनेछ।
यसअघि ललितपुरले मन्थली बी लाई २५–१९, २१–२५, २५–१३ र २५–१५ को स्कोरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। अर्को खेलमा मन्थली बी ले दुप्चेश्वर गाउँपालिकालाई २५–१८, १८–२५, २५–१९, २५–२७ तथा १५–१३ को स्कोरले पराजित गर्यो।
मेलुङले बागमती गाउँपालिका ललितपुरलाई २५–२२, २५–२१ र २९–२७ को स्कोरमा हराउँदै ३–० को सोझो सेटमा पराजित गर्यो।
अन्तिम क्वाटरफाइनलमा महांकालले खाँडादेवी गाउँपालिका रामेछापलाई ३–० को सेटमा हरायो । पहिलो सेट, २५–२२, दोस्रो सेट २५–२० तथा अन्तिम सेट २५–११ को स्कोरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
जारी प्रतियोगितामा बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेकाे छ ।
प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ।
प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ।
नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ।
प्रतिक्रिया 4