१२ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक खेल हुँदैछ । प्रतियोगिताको छैटौं खेलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स खेल्ने छन् ।
खेल बेलुकी पौने ८ बजेदेखि गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा हुनेछ । राजस्थानका लागि यस खेलमा पनि नियमित कप्तान सन्जु सामसनले कप्तानी गर्ने छैनन् । कप्तानमा रियान पराग हुनेछन् भने कोलकाताको कप्तानमा अजिन्क्या रहाने छन् ।
दुवै टोली पहिलो खेलमा हार बेहोरेर आएका छन् यसकारण दुईमध्ये एक टोलीले आज पहिलो जित निकाल्दा अर्को टोलीका लागि लगातार दोस्रो हार हुनेछ ।
राजस्थान पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले पराजित भएको थियो । त्यस्तै कोलकातालाई रोयल च्यालेन्जर्स बेंगलुरुले ७ विकेटले हराएको थियो ।
हालसम्म सबै टोलीले १-१ खेल पूरा गर्दा अंकतालिकामा हैदराबाद नेट रनरेटका आधारमा शीर्षमा छ भने बेंगलुरु दोस्रो, पञ्जाब तेस्रो, चेन्नई चौथो र दिल्ली पाँचौं स्थानमा छ ।
प्रतिक्रिया 4