+

इरान लगातार चौथो पटक फिफा विश्वकपमा छनोट

२०८१ चैत  १३ गते ८:१२ २०८१ चैत १३ गते ८:१२
इरान लगातार चौथो पटक फिफा विश्वकपमा छनोट

१३ चैत, काठमाडौं । एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।

एसियाली छनोट अन्तर्गत गएराती उज्वेकिस्तान विरुद्ध २-२ को पुनरागमन बराबरी खेल्दै इरान लगातार चौथो पटक फुटबल विश्वकपमा छनोट भएको हो । मेहेदी तारेमीले दुई गोल गरेपछि इरानले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको थियो ।

उज्वेकिस्तानका लागि एर्किनोभले १६औं र फाएजुल्लाएभले ५३औं मिनेटमा गवल गरेका थिए । इरानका लागि तारेमीले ५२औं र ८३औं मिनेटमा गोल गरे ।

समग्रमा भने इरान विश्वकपमा छनोट भएको सातौं पटक हो । यसअघि इरानले सन् १९७८, १९९८ र २००६ मा विश्वकप खेलेको थियो । २०१० मा छनोट हुन नसकेको इरानले सन् २०१४ देखि लगातार तीन पटक विश्वकप खेलिसकेको छ ।

एसियन छनोटको तेस्रो चरणमा समूह ए मा रहेको इरानले बराबरीपछि ८ खेलबाट अंक जोडेर शीर्ष स्थानमा छ । तेस्रो चरणमा तीन समूह छ  र हरेक समूहको शीर्ष दुई टोली सिधै फिफा विश्वकपमा छनोट हुनेछ । उज्वेकिस्तान समान ८ खेलबा६ १७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै युएई १३ अंकसहित तेस्रो स्थानमा छ । उज्वेकिस्तानलाई विश्वकपमा छनोट हुन बाँकी दुई मध्ये एक खेल जिते पुग्नेछ ।

एसियाबाट यसअघि नै जापान विश्वकपमा छनोट भइसकेको छ । अब छनोट चरणबाट थप चार टोली विश्वकपमा पुग्नेछन् ।

तीन आयोजकसहित अहिलेसम्म ७ टोली विश्वकपमा स्थान बनाइसकेका छन् । एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड विश्वकपमा छनोट भएका हुन् । यस्तै साविक विजेता अर्जेन्टिना दक्षिण अमेरिकाबाट छनोट हुने पहिलो टिम बनेको छ ।

सन् २०२६ को फिफा विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

इरान फुटबल फिफा विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय