+
+
Shares

सेन्टर प्लाजाको आगलागीमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १२:०२

१३ चैत, काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार माथिल्लो तलामा फसेकाहरूको संख्या यकिन छैन ।

सशस्त्र प्रहरीले भने ५ जनाको उद्धार गरिसकेको छ । सशस्त्र प्रहरीले डोरीको सहायताले उद्धार गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?