+
+
Shares

गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते ९:२०

१३ चैत, काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, डा. स्वर्णिम वाग्ले र सन्तोष परियार सहभागी छन् ।

यस्तै नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महिन्द्रराय यादव लगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?