
१३ चैत, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत २१ देखि खुल्ने भएको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
चैत २१ देखि २६ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
सर्वसाधारणको सेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थासम्बनधी ऐन २०७३ अनुसार यस क्षेत्रका कम्पनीले न्यूनतम ३० प्रतिशत तथा अधिकतम ४९ प्रतिशतसम्म सेयर सर्वसाधरणलाई जारी गर्नुपर्ने व्यवस्था छ ।
चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा छ भने वार्षिक प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ २३ पैसा छ । बजारमा हाल मूल्य प्रतिकित्ता २ हजार ९०२ रुपैयाँ छ ।
प्रतिक्रिया 4