+
+
Shares

दशरथ चन्द विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते ११:०९

१३ चैत, काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ ।

सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।

समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको जानकारी दिए । ‘समितिबाट पारित गर्‍यौं । अब प्रतिनिधि सभामा जान्छ । सभाले पारित गर्न बाँकी छ’, सभापति थापाले भने ।

विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?