+
+
Shares

सेन्टर प्लाजामा आगलागी : केही मानिस फसे, उद्धारको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते ११:१८

१३ चैत, विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा केही मानिस फसेका छन् ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ  । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् ।

स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन ।

इटहरी उपमहानगरपालिका-६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?