
१२ चैत, काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गरेको छ ।
बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले ढुंगानाको राजीनामा चैत १० गतेदेखि नै लागु हुनेगरी स्वीकृत गरेको हो । त्यस्तै कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई तोकिएको छ ।
राष्ट्र बैंकको गभर्नर उम्मेदवार हुनका लागि ढुंगानाले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4