
१३ चैत, काठमाडौं । अघिल्ला ४ दिन लगातार घटेको सुन बुधबार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि गत बिहीबार मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७६ हजारमा सुनको कारोबार भएको थियो । त्यसयता अघिल्लो दिन मंगलबारसम्म मूल्य घटिरहेको थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदी आज १ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4