+
+
Shares

जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १२:२१

१३ चैत, काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको एक अधिकृतले बताए ।

गौतमनिकट स्रोतले भने अदालतबाट फैसला भएर आएको कतिपय घटनामा पहिल्यै मिलापत्र भइसकेका र रुजु भएर आउन बाँकी रहेका कारण समस्या देखिएको जनाएको छ । ‘मिलापत्र भइसकेका घटनाहरु हुन्, त्यसको पत्र आउन बाँकी छन्’, स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?