+
+
Shares
संगीत :

फिल्ममा सुशान्त केसीको डेब्यु, ‘कर्मा’लाई गाए रोमान्टिक गीत

पछिल्लो समयका हिट गायकले फिल्ममा गाउने कुराले उनका प्रशंसक उत्साहित हुने पक्का छ । सुशान्त सन् २०२४ मा इन्टरनेट प्लाटफर्ममा सबैभन्दा धेरै सुनिने नेपाली गायक हुन् । बार्दली, झ्यालबाट, पर्ख न, सारंगी चर्चित गीत हुन् जसमध्ये ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १३:४०
फिल्म 'कर्मा'को छायांकन सेटमा गायक सुशान्त केसी (बायाँ) निर्देशक सौरभ चौधरीसँग ।

काठमाडौं । तन्नेरी पुस्तामाझ चर्चित गायक सुशान्त केसीले पार्श्वगायनमा डेब्यु गरेका छन् । प्रदर्शन तयारीमा रहेको फिल्म ‘कर्मा’को लागि उनले गतसाता ‘पागल पागल’ बोलको ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) रेकर्ड गराए ।

भिडियोमा केसी स्वयम फिचर्ड हुनेछन् । बालाजु ल्याबको स्टुडियोमा गीत छायांकन गरिएको छ । निर्देशक सौरभ चौधरीले फिल्मको ओएसटीका लागि केसीले गीत रेकर्ड गरेको र उनको भाग छायांकन गरिएको बताए ।

रोमान्टिक गीतमा सुशान्तको शब्द, संगीत र स्वर छ । ‘हामीलाई एउटा उपयुक्त रोमान्टिक गीत चाहिएको थियो । उहाँ आफैले रेकर्ड गरेर पठाउनुभयो’ निर्देशक चौधरीले अनलाइनखबरसँग भने ।

‘उहाँ यसअघि हाम्रो फिल्म अगस्त्य हेरेर प्रभावित हुनुभएको रहेछ । आग्रहलाई सजिलै स्वीकारेर गीत गाउन तयार हुनुभयो’ उनले भने । सौरभका अनुसार ४ महिनाअघि नै गीत गाउनेबारे सुशान्तसँग सहमति भएको थियो ।

केही साताअघि अनलाइनखबरसँगको कुराकानीमा अभिनेत्री आना शर्माले पनि सुशान्तले फिल्ममा काम गर्न लागेको संकेत गरेकी थिइन् । आना र सुशान्तबीच प्रेम सम्बन्धको चर्चा छ ।

पछिल्लो समयका हिट गायकले फिल्ममा गाउने कुराले उनका प्रशंसक उत्साहित हुने पक्का छ । सुशान्त सन् २०२४ मा इन्टरनेट प्लाटफर्ममा सबैभन्दा धेरै सुनिने नेपाली गायक हुन् । गतवर्ष उनले चर्चित गीत सार्वजनिक गरे । बार्दली, झ्यालबाट, पर्ख न, सारंगी चर्चित गीत हुन् जसमध्ये ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ ।

फिल्म ‘कर्मा’ चैत २९ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?