+

किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

२०८१ चैत  १३ गते १८:४५ २०८१ चैत १३ गते १८:४५
Shares
किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

महिलाहरू शारीरिक सामिप्यतालाई लिएर पुरुषको जस्तो खुलेर कुरा गर्दैनन् । उनीहरू पुरुषको जति यौन चाहना भए पनि पार्टनरसमक्ष राख्दैनन् । किनकी महिला लजालु स्वभावका हुन्छन् । जुन स्वभाविक हो ।

तर, यौन चाहना नै नदेखाउने, यसको कुरा गर्दा तर्किने, पार्टनरले सम्पर्क राख्न खोज्दा नमान्ने वा यौनक्रियाको क्रममै उठेर हिँड्ने गरेमा र हरेक पटकको प्रयासमा यस्तै खालको प्रतिक्रिया आउँछ भने यसलाई सामान्य मान्न सकिँदैन ।

यस्तो हुनुका पछाडि भावनात्मक वा शारीरिक र मानसिक पक्षले पनि भूमिका खेल्न सक्छ । यी तीन कुरामा उत्तारचढाव आउँदा उनीहरूमा यौनइच्छा नहुने र कहिलेकाहीँ त यो इच्छा नै मर्ने हुनसक्छ ।

महिलामा यौनइच्छा नहुनुका कारणहरू

तनाव

कयौं पटक महिलाहरू मानसिक तनावबाट गुज्रिएको अवस्थामा सम्भोग गर्न मान्दैनन् । तनावका कारण शरीरमा स्ट्रेस हर्मोन कर्टिसोलको मात्रा बढ्छ । यसले यौन हर्मोन ईस्ट्रोजेनको स्तरमा असर पार्छ । जसकारण महिलामा यौन इच्छा कम हुनसक्छ ।

हर्मोनको परिवर्तन

जीवनका विभिन्न चरणमा महिलाको यौन चाहना र प्रतिक्रिया फरक-फरक हुनसक्छन्। गर्भवती हुँदा, महिनावारी रोकिएपछि या महिनावारीको दिनअनुसार यौन चाहनामा परिवर्तन आउँछ।

शरीरमा हुने हर्मोनको परिवर्तनले यस्तो हुन्छ। महिलामा एन्ड्रोजेन हर्मोनकाे कमीले यौन चाहना घटाउँछ भने इस्ट्रोजेन हर्मोनकाे कमीले योनीलाई सुख्खा पार्ने काम गर्छ, जसले यौनसम्पर्कलाई कष्टदायी बनाउँछ।  त्यसकारण यौनइच्छामा कमी आउने गर्छ ।

भावनात्मक कमी

महिलाका लागि यौन सम्बन्ध केवल शारीरिक क्रियाकलाप  मात्र होइन । मानसिक र भावनात्मक कुराले पनि यौनमा प्रभाव पारिरहेको हुन्छ । यस्तोमा यदि उनीहरूलाई पार्टनरले भावना बुझेन वा भावनात्मक रुपमा कुनै पनि ध्यान दिइरहेको छैन भन्ने लाग्यो भने इच्छामा कमी आउन सक्छ ।

त्यस्तै, कुनै संवाद नगरी, महिलाको इच्छा अनुसारको यौनक्रिया नगर्ने, कुनै ‘फोर प्ले’ नगरी सिधै सम्भोग मात्र गर्ने बानी छ भने पनि उनीहरू यौनसम्बन्ध राख्न चाहदैनन् ।

महिलाको इच्छा नबुझ्ने

कयौं पुरुष पार्टनर यस्ता हुन्छन् जो सम्भोगको दौरान महिलाको इच्छा सोध्न वा बुझ्न खोज्दैनन् । यस्तोमा महिला पनि खुलेर आफूलाई लागेको कुरा व्यक्त गर्न सक्दिनन् । यो पनि यौन सम्बन्धबाट खुसी नभई विस्तारै इच्छा नै नहुने एक कारण बन्न सक्छ ।

कहिलेकाहीँ कुनै रोग वा लामो समयसम्म कुनै औषधिको साइड इफेक्टको कारण यो समस्या हुनसक्छ ।

आइरनको कमी

शरीरमा आइरनको कमीले गर्दा योनांगसम्म रक्तसञ्चार सही ढंगले नहुनसक्छ । यसकारण महिलामा उत्तेजना नै नहुने हुनुसक्छ ।

निद्राको कमी

अनिद्राले पनि यौनइच्छा घटाउन सक्छ । निद्रा पुरा हुन नपाउँदा हर्मोन असन्तुलन हुन्छ, जसले गर्दा यौनइच्छा कम हुँदै जानसक्छ ।

महिला यौन चाहना
डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ

बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?

बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?

नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार

नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार

रक्सी पिएपछि टाउको दुख्ने र आँखा रातो हुने किन हुन्छ ?

रक्सी पिएपछि टाउको दुख्ने र आँखा रातो हुने किन हुन्छ ?

स्तन, पाठेघर र सर्भाइकल क्यान्सरको नि:शुल्क परीक्षण गर्न काठमाडौं महानगरले सघाउने

स्तन, पाठेघर र सर्भाइकल क्यान्सरको नि:शुल्क परीक्षण गर्न काठमाडौं महानगरले सघाउने

पटुकीको विकल्पमा सुत्केरी ‘बेल्ट’ : यसले पेटको बोसो घटाउँछ ?

पटुकीको विकल्पमा सुत्केरी ‘बेल्ट’ : यसले पेटको बोसो घटाउँछ ?