+
+
Shares

गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १४:५१

१३ चैत, गुल्मी । गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको गुल्मी प्रहरीले जनाएको छ ।

मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा चन्द्रकला घाइते भएकी थिइन् ।

करेन्ट लागेर घाइते कुमालको लुम्बिनी वामी हस्पिटलमा मृत्यु भएको मृत्यु भएको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?