
१३ चैत, काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, अहिले आगोलागीको नियन्त्रण प्रयास भइरहेको छ । उनका अनुसार लगभग ८० प्रतिशत आगो नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रण भने भइसकेको छैन ।
प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको हो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितले आगो नियन्त्रण गरिरहेका छन् । ‘आगलागीको कारण खुलिसकेको छैन,’ प्रजिअ अधिकारी मिश्रले भने ।
उनका अनुसार उक्त प्लाजामा फसेकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो । उक्त प्लाजाको चौथो तलामा आगलागी भएको थियो ।
सोही प्लाजाको सातौं तलामा फसेका ११ जनाको उद्धार गरिएको प्रजिअ मिश्रले बताए ।
उनका अनुसार ३ जना महिला र ८ जना पुरुषको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये एकजना सामान्य घाइते भएका थिए । उनको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको उनले बताए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ ।
इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका ,रामधुनि नगरपालिका ,धरान उपमहानगरपालिका ,बेलबारी नगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, बिराटनगर महानगरपालिका २, प्रदेश प्रहरी कार्यालय विराटनगर १, देवानगंज नगरपालिका १ गरी जम्मा १२ वटा दमकल परिचालन भएको सुनसरी प्रहरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए ।
यी हुन उद्धार गरिएका व्यक्तिहरूः
–भोजपुर आमचोक बस्ने बर्ष २३ कि मेरिका राई ।
–कैलाली बस्ने बर्ष २६ कि लक्ष्मी श्रेष्ठ ।
–सुनसरी बराहक्षेत्र ५ बस्ने बर्ष २६ को बिजय धामी ।
–काभ्रेका नखुलेको बिष्णु तामाङ (उमेर खुल्न बाँकी)
– बंगलादेशका नागरिक D JAY (उमेर खुल्न बाँकी)
–धनुषा कमला ९ बस्ने बर्ष ४४ को संजय जैसवाल ।
–मोरङ विराटनगर १५ बस्ने बर्ष २४ कि दिया राय ।
–मोरङ विराटनगर १५ बस्ने बर्ष २८ को विशाल सिंह ।
–सुनसरी रामधुनि ७ बस्ने बर्ष २४ को आशिष चौधरी ।
अन्य २ जनाको खुल्न पहिचान खुल्न बाँकी ।
सबै तस्वीरहरू : रासस
प्रतिक्रिया 4